बाजुरा- बाजुरामा खैरो हिरोईन र नगदसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बुढिगंगा नगरपालिका–६ फालासैनबाट बुढिगंगा–५ बस्ने २५ वर्षीय युवक बिनोद थापा लागूऔषध (खैरो हिरोईन) सहित पक्राउ परेका हुन्।
खैरो हिरोईनको कारोबार बिक्रि बितरण गर्ने गरेको भन्ने गोप्य सूचानाको आधारमा थापालाई चेकजाँच गर्दा चार ग्राम ९७ मिलिग्राम खैरो हेरोईन र नगद ३६ हजार २८० सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।













