धनगढी- बैतडीको सुर्नया गाउँपालिका–६ भन्ज्याङ भन्ने स्थानमा शुक्रबार बिहान ट्रक दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् ।
बैतडी जिल्ला प्रहरी कार्यालयको अनुसार धनगढीबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको ना ८ ख ४५३९ नम्बरको ट्रक शुक्रबार बिहान साढे ४ बजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिकाको भञ्ज्याङ भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ट्रक चालक चालक पाटन नगरपालिका–८ का ३५ वर्षीय लोकेन्द्रसिंह मडै र कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय मदन महरा घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएकोे छ । प्रहरीका अनुसार ट्रक सडकबाट अनियन्त्रित भएर २५ मिटर तल खसेको थियो ।















