धनगढी- कैलालीको टीकापुरका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्दामा ११ हजार ६८० जरिवाना ठहर भई फरार रहेका टीकापुर नगरपालिका-१ बस्ने ३४ वर्षीय जनकबहादुर गाहा मगर पक्राउ परेका हुन्। मगरलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शनिवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।















