• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ४. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ८. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • ९. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

पर्यावरण मैत्री बनाउदै धनगढी

  •   बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित

 

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘हरित धनगढी’ अभियान थालेको छ । हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बृक्षारोपण अभियानलाई तीव्ररूपमा अघि बढाई ‘हरित धनगढी’ अभियान थालिएको हो ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीले धनगढी नगरक्षेत्रलाई हरियाली प्रवर्द्धन गर्ने र पर्यावरण मैत्री बनाउने उद्देश्यले ‘हरित धनगढी’ अभियानअन्तर्गत बृक्षारोपण अभियानलाई तीवरूपमा अघि बढाएको जनाएको छ ।

धनगढीलाई पर्यावरणमैत्री बनाउन उपमहानगरपालिकाले यसअघि नै प्लाष्टिक बेचबिखन गर्न प्रतिबन्ध लगाइसकेको छ ।

यो अभियानअन्तर्गत उपमहानगरपालिकाले हालसम्म ८ हजार बिरुवा रोपिसकेको छ । ‘हरित धनगढी’ अन्तर्गत धनगढी हरियाली प्रवर्द्धन कार्यक्रम २०७९ फागुनबाट सुरु गरिएको धनगढी उपमहानगरपालिका जिन्सी शाखा प्रमुख कृष्णराज जोशीले बताए ।

शाखा प्रमुख जोशीले खाली बृक्षारोपणका लागि बृक्षारोपण नभई उपमहानगरपालिकाले रोपिएका बिरुवाको सुरक्षाका लागि ट्री–गार्ड, तारजाली लगाउने र आवश्यकताअनुसार मल तथा सिँचाइको पनि ब्यवस्था गरी नियमित हेरचाह गर्नेगरेको जानकारी दिए ।

उपमहानगरपालिकाले हालसम्म धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, धनगढी विमास्थल सडक, चक्रपथ सडक, क्याम्पसरोड र मोहना आर्यघाट क्षेत्रमा ट्री–गार्डसहित वृक्षारोपण गरेको जनाएको छ ।

आफ्नै जनशक्तिबाट रोपिएका बिरुवाको हरेचाह र सिँचाइ समेत गर्दै आएको उपमहानगरपालिकाले हरियाली प्रवर्द्धन अभियान सञ्चालन गरेर बृक्षारोपणका लागि जनस्तरबाट ४४ लाख ७५ हजार रुपैयाँसमेत संकलन गरेको छ । जनस्तरबाट संकलित उक्त रकमबाट १२ लाख १९ हजार ९० रुपैयाँ बृक्षारोपणमा खर्च भएको छ ।

सो रकम गत आर्थिक वर्षमा १८ लाख ५५ हजार रुपैयाँ हरियाली पवद्र्धन कार्यक्रम कोषमा जम्मा भएकोमा चालु आर्थिक वर्षमा थप २६ लाख २० हजार गरी ४४ लाख ७५ हजार रुपैयाँ जम्मा भएको छ ।

मोहनापुल–अत्तरिया ६ लेन सडकको डिभाइडरमा तारजालीसहित तीन हजार १३५ बिरुवा रोपेर हरियाली कार्यक्रमको सुरुवात गरेको उपमहानगरपालिकाले ६ लेन सडकको दुबैतिर ट्री–गार्डसहित थप दुई हजार ३९ बिरुवा रोपेको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बृक्षारोपणका एक करोड बजेट विनियोजन गरेकोमा हालसम्म ९५ लाख ३१ हजार रुपैयाँ खर्च भइसकेको शाखा प्रमुख जोशीले बताए ।

मोहनापुल–अत्तरियामा ६ लेन सडकमा उपमहानगरपालिकासँगै भाटभटेनी सुपरमार्केटसहितका विभिन्न संघ/संस्थालेसमेत वृक्षारोपण गरेका छन् । उपमहानगरपालिकाले दोस्रो चरणमा ६ लेन सडकका दायाँ र बाँया समेत वृक्षारोपण गरेको छ । यसका साथै वनदेवी सडक क्षेत्रमा पनि ६६ वटा बिरुवा रोपिएको छ ।

निर्माणको चरणमा रहेको हुलाकी राजमार्गमा वृक्षारोपण गर्ने काम हुँदैछ । हुलाकी राजमार्गको मनहेरा क्षेत्रमा २३५ वटा फलफूलका बिरुवासमेत रोपिएको छ । ती विरुवा चराको आहारका लागि रोपिएको हो ।

वृक्षारोपण कार्यक्रमलाई उपमहानगरपालिकाले ‘हरित धनगढी’ नाम दिएको छ । ट्री–गार्डमा कुनै संघ/संस्था तथा ब्यक्तिले आफ्नो नाम राख्न चाहेमा उपमहानगरपालिकाले प्रति ट्री–गार्ड पाँच हजार रुपैया लिने गरेको छ ।

सुन्दर र पर्यावरणलाई जोगाउन उपमहानगरपालिकाले नागरिकलाई सँगसँगै जोडेको छ । बिरुवा, ट्री–गार्ड र बिरुवाको हेरचाह उपमहानगरपालिकाले गर्दै आएको छ ।

सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित सुरु गरिएको कार्यक्रममा पछिल्ला दिनमा नागरिक तथा विभिन्न संघ/संस्थाको सहभागिता बढ्दै गएको शाखा प्रमुख जोशीको भनाई छ ।

 

  • पर्यावरण मैत्री बनाउदै धनगढी
बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप
सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द
निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने
सांसद पाठकले लगाए जेई खाेप
सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

समाचार

सबै

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ४.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.