धनगढी । सर्पको टोकाईबाट १ जना बालकको मृत्यु भएको छ ।
सर्पको टोकाईबाट बर्दगोरिया गाउपालिका वडा नं ०३ रानिकुण्डा बस्ने शंकर साउदको छोरा
बर्ष १० को दिपेश साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ । निजकै घरमा मिति २५ गते राति सुतेको बेला सर्पले टोकेको भनी मिति २६ दिउसो को समयमा निजको आफन्त थाहा पाई उपचारको सेती प्रादेशिक अस्पताल घनगढीमा ल्याई
उपचार भईरहेको थियो जिल्ला प्रहरी कार्यालय कैलालीका डिएस्पी कबिन्द्र सिंह बोहराले भने तर उपचारकै क्रममा उनको मृत्यु भएको छ । मृतकका दाई योगेश साउदले लाश बुझी लगेको उनले बताए ।













