कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–८ पचुई खप्टिनालाबाट भारतको उत्तर प्रदेश जिल्ला पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंह पक्राउ परेका हुन्।
सिंहलाई ४.०९ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।















