धनगढी । कैलालीका बिभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ ।
कैलालीको धनगढी २ ट्राफिक चौराह, ४ एनसेल टावर नजिक र कैलारी ३ निमुवा बोझिघाटबाट प्रहरीले सामान बरामद गरेको हो ।
अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु १,०९,६७५।– बराबरको थान कपडा, चप्पल, दाल, खुद्रा सामान, सुटपिस, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी बरामद गरेको जनाएको छ ।













