धनगढी । कैलालीमा खैरो हिरोईन सहित एक जना लाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा बैतडी पाटन नगरपालिका ८ बस्ने बर्ष २२ का गणेश महरा रहेका छन । धनगढी उप महानगरपालिका ३ भन्सार ब्यारेल स्थित प्रहरी चौकी त्रिनगरबाट खटिगएको प्रहरी टोलीले उनलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ८०० मिलिग्राम खैरो हेरोईन जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भईरहेको जनाएको छ ।













