धनगढी । कैलालीका फरार रहेका एक जना लाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला अदालत कैलालीले बिभिन्न मितिको फैसलाले जरीवाना ठहर भई फरार रहेका बर्दगोरिया ५का महाबिर बिक लाई प्रहरीले प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई प्रकाउ गरिएको जनाएको छ ।
बिना इजाजत वन पैदावार ओसार पसार मुद्दामा रू ८,६५५।– जरीवाना उनलाई तोकिएको थियो ।
त्यस्तै चेक अनादर मुद्धामा रु१,०००। जरीवाना तोकीएको जिल्ला कञ्चनपुर पुनर्बास १ बस्ने बर्ष ४१ का फरार रहेका सोम बहादुर तामाङ लाई पनि प्रहरीले प्रकाउ गरिएको जनाएको छ ।













