धनगढी ।कैलाली र कंञ्चनपुरका बिभिन्न स्थानबाट प्रहरीले ६ लाख बढी भन्सार छलिका सामान बरामद गरेको छ ।
सोमबार कैलालीको धनगढी २ ट्राफिक चौराह, ७ मनेहरा चोक, ९ बङग्राकटन, १४ हरैयालम्कीचुहा १ राजिपुर
कैलारी ५ गोबरेलाबाट चार लाख ९८ हजार ७३० मुल्य पर्ने अबैध सामान बरामद गरेको छ । अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका प्याज, चिनी, बेसन, सुर्ती, जिरा, चक्लेट, मोबाईलका पार्ट पुर्जाहरु, सुटपिस, थान कपडा, दोपट्टा, प्लाष्टिक डोरी, बोईलर कुखुरा, मोटरसाइकल थान १ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै कञ्चनपुरको भिमदत्त १० जिमुवा, र बेलौरी २ भूराकोट, दिनापुर बैजुडाडाबाट एक लाख ,६६,हजार ७०रुपैया पर्ने अबैंध सामान बरामद गरेको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छलि गरि ल्याएका पेय पदार्थ, चिनी, केराउ, पास्ता, चक्लेट, कुलर, थान कपडा, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले बरामद गरेको जनाएको छ ।
६ लाख बढी भन्सार छलिका सामान बरामद
६ लाख बढी भन्सार छलिका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













