धनगढी ।कैलालीमा एक जनाको कुलोमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको जानकी गाउँपालिका ५ बस्ने १८ बर्षिया कैलाश बिष्ट रहेको प्रहरीले जनाएको छ ।
, जानकी ५ अमौरा स्थित कुलरिया खर्गौली बड्का बिच्की कुलोमा सोही ठाउँ बस्ने बर्ष १८ को कैलाश बिष्ट सहित ७ जना नुहाउन गएको बेला बिष्ट नुहाउने क्रममा पानिमा हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुर, कैलाली समेतबाट प्रहरी टोली खटि गइ खोजतलास गर्दा निजलाई मंगलबार साँझको समयमा कुलाको ईन्टेकमा फेला पारेको जनाएको छ ।
उनलाई उपचारका लागी टीकापुर अस्पतालमा पुर्याकईएको र साझ पौने ६ बजे चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।













