धनगढी । क्ंञ्चनपुरको नहरमा पौडी खेल्ने क्रममा डुबी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमदत्त ५ बस्ने बर्ष १५ को अबिरल चन्द रहेको प्रहरीले जनाएको छ । भिमदत्त ५ तिनतारा स्थित नहरमा पौडी खेल्ने क्रमामा चन्द डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट प्रहरी टोली खटि गइ खोजतलास गरेको जनाएको छ । खोजतलास गर्ने क्रममा बुधबार साँझको समयमा पौडि खेल्ने स्थान देखि अन्दाजी ६०० मिटर पुर्ब उनी मृत अवस्थामा फेला पारेको, र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













