धनगढी । जिल्ला अदालत कैलालीले बिभिन्न मितिमा कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका मानिस लाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा धनगढी १५ का राम कृष्ण राना , राम अप्तार राना ,धनगढी ७ का प्रकाश खडायत, ५ का हरि कुमार खुना , र टिकापुर ३का रामसेवक चौधरी रहेका छन ।
बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। किर्ते मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएको धनगढी १५ बस्ने बर्ष ४० को राम कृष्ण राना र किर्ते मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएको धनगढी १५ बस्ने बर्ष ३० को राम अप्तार राना फरार थिए ।
सार्वजनिक मुद्दमा रु २,०००।– जरिवाना तोकिएको धनगढी ७ बस्ने ३० को प्रकाश खडायत । द्ध, लागु औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको गोदावरी ५ बस्ने बर्ष २५ को हरि कुमार खुना । लागु औषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको टीकापुर ३ बस्ने बर्ष ३४ को रामसेवक चौधरी फरार रहेको र खोजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले प्रकाउ गरिएको जनाएको छ ।













