धनगढी- कञ्चनपुर प्रहरीले अवैध लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
शनिबार अस्थायी प्रहरी पोष्ट चम्फापुर कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका–१ हात्तीथलाबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने २४ वर्षीय महादेब बोहरालाई ०.०४ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको र थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।













