बैतडी- बैतडीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा सोमवार बिहान दार्चुला घर भएकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।
दार्चुलाको लेकम गाउँपालिका-४ दमसैना घर भएकी २२ वर्षीया हेमन्ती गिरीको शव फेला परेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए। यही असार ८ गते घरबाट हराएकी हेमन्तीको शव फेला परेको बताइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।















