धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट ८ लाख बढीका अवैध भन्सार छलिका सामान बरामद गरेको छ । मंगलबार उक्त दुई जिल्लाका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद गरेको हो ।
कैलालीका विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु.४ लाख ६५ हजार १ सय ७० बराबरको बिडी, सुर्ती, कुरकुरे, सलाई, झोला, कुर्ता सुरवाल, माछा, तथा भारतीय नम्बर प्लेटको एक थान मोटरसाइकललगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै,कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ४ लाख ४हजार ८ सय ६५ रुपैयाँ बराबरको चिनी,खानेतेल, मिठाई, जुत्ता चप्पल,सुर्ती, टिसर्ट, गञ्जी, अण्डरवेयर, सुटपिस, थान कपडा, तिरपाल, भिजिट कार्डहरु, छल्लाहरु, स्टिकर, प्लाष्टिक झिल्लीलगायतका सामानहरु फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













