धनगढी- कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको भजनी नगरपालिका–४ झलझलियाका ५१ वर्षीय छोटेलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
चौधरीको खेतको आलीमा भैसी लखेट्ने क्रममा सोही नजिक रहेको बिजुलीको पोल स्टेन तारमा छुन गइ करेन्ट लागि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













