धनगढी- कैलालीमा एक महिलाको शव फेला परेको छ। आज जिल्लाको जानकी गाउँपालिका–७ गोलौरीकी ७१ वर्षीया फिरिया चौधरीको शव फेला परेको हो ।
चौधरीको घरबाट अन्दाजी ५ सय मिटर उत्तरतर्फ रोपाई गरेको खेमराज ढुङ्गानाको खेतबारीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पतालको शव गृहमा राखिएको जनाइएको छ।















