कैलाली- नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपसभापति कर्णदेव भट्टको निधन भएको छ । गयराति भीमदत्त नगरपालिका–६ स्थित उनको आफ्नै निवासमा ८० बर्षको उमेरमा निधन भएको हो । उनको निधन प्रति नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशले शोक बक्तव्य निकाल्दै स्वर्गारोहण भएको खवरले स्तब्ध बनाएको जनाएको छ ।

शोक बक्तव्यमा भनिएको छ महेन्द्रनगरबाट प्रकाशित हुने फारबेष्ट टाईम्स दैनिकका प्रधान सम्पादक रहेका भट्टको स्वर्गारोहणले सुदूरपश्चिमको प्रत्रकारिताले अपुरणीय क्षति व्यहोर्नु परेको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलद्वार हस्ताक्षरित शोक बक्तव्यमा भनिएको छ सुदूरपश्चिमको पत्रकारिता विकासमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । त्यस्तै प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिले पनि बक्तव्य जारी गर्दै भट्टको निधनप्रति दुख व्यक्त गरेको छ ।














