काठमाण्डौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष आफू प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन्। सोमबार संसद् भवन परिसरमा संचारकर्मीहरुले सोधेको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन्।
संचारकर्मीहरुले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले लिने ? भनी राखेको जिज्ञासामा ओलीले भने, ‘यस वर्ष त त्यस्तो लाग्दैन ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीको पछिल्लो भेटघाटले राजनीतिक समीकरण फेरबदलको चर्चाले राजनीति तरंगित बनेको छ।













