धनगढी । कैलालीमा अनैतिक कृयाकलापमा संगलग्न ४ जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका १ बस्ने बर्ष ४५ को पुरुष, कञ्चनपुर भिमदत्त नगरपालिका १० बस्ने बर्ष ३२ को पुरुष, बाजुरा बस्ने बर्ष २१ कि महिला र धनगढी उपमहानगरपालिका १८ बस्ने बर्ष १८ कि महिला रहेका छन । उनीहरुलाई मंगलबार साँझ कैलालीबाट प्र नि लोकेन्द्र सिंह कार्कीको कमाण्डमा खटिगएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ७ मनेहरा स्थित एक होटलमा चेकजाँच गर्दा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई नियन्त्रण लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान भईरहेको उनले बताए ।













