• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश : निक्षेप १।९१ प्रतिशतले बढ्दा कर्जा ७।२८ प्रतिशतले घट्यो

  •   बिहिबार, असार २१, २०८१ मा प्रकाशित

धनगढी । अर्थतन्त्रमा आएको शिथिलताको असर बढ्दा सुदूरपश्चिम प्रदेशमा कर्जा विस्तार ७।२८ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको अर्धवार्षिक प्रतिवेदनले सो प्रदेशमा कर्जा विस्तार धेरै घटेको देखाएको हो ।

जसअनुसार, २०८० पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०८० असार मसान्तको तुलनामा ७।२८ प्रतिशतले घटेर १ खर्ब ४० अर्ब ६६ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ६।२७ प्रतिशतले वृद्धि भएको थियो । प्रतिवेदन अनुसार २०८० पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा १।९१ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ८३ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ०।४२ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार, चालु आवको पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७।७१ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २।३० प्रतिशत रहेको छ । त्यसैगरी, २०८० पुससम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ७०।३२ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् ०।६६ प्रतिशत प्रतिशत रहेको छ । समग्रमा कर्जा वृद्धि घटेको भए पनि यस अवधिमा सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रमा जाने कर्जा बढेको छ ।

२०८० पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा ८।०७ प्रतिशतले वृद्धि भई १५ अर्ब ४० करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २०।८३ प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालन, पशु बधशालामा २०।३१ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम ०।००१ प्रतिशत सनपाट शीर्षकमा प्रवाह भएको छ । २०८० पुस सम्ममा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०।९५ प्रतिशत रहेको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६६।३० प्रतिशत, कञ्चनपुरको २०।८७ प्रतिशत, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, अछाम, बैतडी, तथा बाजुराको अंश क्रमशः ३।४६ प्रतिशत, २।१४ प्रतिशत, १।८३ प्रतिशत, १।७१ प्रतिशत, १।५२ प्रतिशत, १।४० प्रतिशत र ०।७७ प्रतिशत रहेको छ । २०८० पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा ६।१८ प्रतिशतले घट्न गई २५ अर्ब २२ करोड ९४ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १३।४७ प्रतिशतले बढेको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७।९४ प्रतिशत रहेको छ ।

यस अवधिसम्ममा कुल औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी १०।८७ प्रतिशतले वृद्धि भएको छ भने गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा सबैभन्दा बढी १०।०९ प्रतिशतले ह्रास आएको छ । कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४०।२२ प्रतिशत, गैर खाद्यवस्तुसम्बन्धी उद्योगमा २८।५३ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २२।१४ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ६।९९ प्रतिशत, विद्युत, ग्यास तथा पानी उद्योगमा १।१० प्रतिशत र खानीसम्बन्धी उद्योगमा १।२३ प्रतिशत अंश रहेको छ ।

यस अवधिमा यस प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७९।८२ प्रतिशत रहेको छ भने बाजुरा जिल्लाको अंश सबैभन्दा कम ०।१९ प्रतिशत रहेको छ । यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला, अछाम, बैतडी तथा बझाङको अंश क्रमशः १६।१० प्रतिशत, १।५६ प्रतिशत, ०।७५ प्रतिशत, ०।४१ प्रतिशत, ०।५८ प्रतिशत, ०।३६ प्रतिशत र ०।२३ प्रतिशत रहेको छ । २०८० पुस मसान्तसम्म विपन्न वर्गको कर्जा २०८० असार मसान्तको तुलनामा ५।३२ प्रतिशतले घट्न गई ११ अर्ब ८ करोड पुगेको छ ।

गत वर्ष सोही अवधिमा यस्तो कर्जा ४।३७ प्रतिशतले घटेको थियो । यसैगरी, २०८० पुस मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तको तुलनामा ७।५४ प्रतिशतले बढ्न गई १० अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १३।२८ प्रतिशतले वृद्धि भएको थियो । २०८० पुससम्ममा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला बाहेक अन्य कोषहरुमा यस कार्यालयबाट कुल ३ अर्ब ७५ करोड रुपैयाँ फण्ड ट्रान्सफर भएको छ ।

गत वर्षको सोही अवधिमा यस प्रदेशमा रहेका नोटकोषहरुमा २ अर्ब ९५ करोड रुपैयाँ फण्ड ट्रान्सफर भएको थियो । २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा ७।४४ प्रतिशतले घटेर १ खर्ब ३ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३।२८ प्रतिशतले घटेको थियो । कुल प्रवाहित कर्जामध्ये सेवा क्षेत्रमा गएको कर्जाको अंश ७१।११ प्रतिशत रहेको छ ।

यस अवधिमा कुल सेवा क्षेत्र कर्जामध्ये थोक तथा खुद्रा विक्रेतासम्बन्धी व्यवसायमा ४३।५३ प्रतिशत, उपभोग्य कर्जामा २८।०१ प्रतिशत, अन्य व्यवसायमा प्रवाहित कर्जा ९।०६ प्रतिशत, पर्यटनमा ३।१४, यातायात भण्डारण र संचारमा ५।०६ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पतिमा १।९३ प्रतिशत, शिक्षा क्षेत्रमा ३।४४ प्रतिशत, रियल स्टेटमा २।७७ प्रतिशत, अन्य सेवा व्यवसायमा १।४८ प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्यमा १।५७ प्रतिशत अंश रहेको छ ।

२०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल सेवा क्षेत्र कर्जामध्ये कैलालीको अंश ६८।५४ प्रतिशत, कञ्चनपुरको अंश १९।१८ प्रतिशत, डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी, तथा बाजुरा जिल्लाको अंश क्रमशः ३।३१ प्रतिशत, १।८४ प्रतिशत, २।११ प्रतिशत, १।५३ प्रतिशत, १।४५ प्रतिशत, १।२८ प्रतिशत र ०।७६ प्रतिशत रहेको छ ।

बैंक ब्याजदर घट्दो क्रममा रहेको, अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको मूल्य समायोजन हुँदै घट्ने क्रम रहेको, प्रदेशमा रहेका उद्योगहरुको क्षमता उपयोगमा वृद्धि देखिएको, औद्योगिक क्षेत्र चलायमान बन्दै गइरहेको, सरकार र राष्ट्र बैंकले लिएका नीतिका कारण थप पुँजीको परिचालन तथा उत्पादन क्षमतामा विस्तार भई औद्योगिक उत्पादन बढने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको धनगढीस्थित कार्यालयको कार्यक्षेत्रअन्तर्गत सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये तराई क्षेत्रमा पर्ने कैलाली र कञ्चनपुर, पहाडी क्षेत्रमा पर्ने डोटी, डडेलधुरा, अछाम र बैतडी तथा हिमाली क्षेत्रमा पर्ने दार्चुला, बझाङ र बाजुरा जिल्लामा स्थलगत तथा गैह्रस्थलगत सर्वेक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सो सर्वेक्षण तथा अन्तक्र्रियाका क्रममा प्राप्त जानकारीका साथै कृषि, उद्योग, सेवा, पूर्वाधार विकासलगायतका अर्थतन्त्रका प्रमुख क्षेत्रहरुको जिल्लास्थित विभिन्न सरकारी कार्यालय, क्षेत्रीय निर्देशनालय, मन्त्रालय एवं सम्बन्धित परियोजना, उद्योग, प्रतिष्ठानबाट प्राप्त तथ्यांक प्रशोधन र विश्लेषण गरी विगत वर्षहरुमा जस्तै आर्थिक वर्ष २०८०–०८१ को सुदूरपश्चिम प्रदेशको अर्ध– वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

  • सुदूरपश्चिम प्रदेश
बिहिबार, असार २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

समाचार

सबै

मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.