धनगढी । विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले आज ट्रायम्फ धनगढी शोरूमको औपचारिक उद्घाटन गरेको छ।
शोरूमको आधिकारिक डिलरको रूपमा दीपेश अटो हव प्राइभेट लिमिटेड रहेको छ ।
यो उद्घाटन नेपालमा ट्रायम्फको उपस्थितिलाई थप विस्तार गर्ने एक महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ ।
उद्घाटनमा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै ट्रायम्फ बाइक पारखीका लागि यो अवसर भएको बताए ।
ट्रायम्फले सुदूरपश्चिम तथा आसपासका क्षेत्रका मोटरसाइकलप्रेमीहरूलाई अन्तर्राष्ट्रिय स्तरका मोटरसाइकल र सेवाहरू अझ सहज रूपमा उपलब्ध गराउने दीपेश अटो हब प्रालिका प्रबन्ध निर्देशक यज्ञराज ओझाले बताए ।
दीपेश अटो हब प्रालीका दीपेश ओझाले धनगढी र सुदूरपश्चिम नेपालका राइडरहरूका लागि ट्रायम्फ शोरूम स्थापना हुनु ठूलो उपलब्धि भएको बताए ।
उनले भने ‘हामी उत्कृष्ट बिक्री, सेवा र ग्राहक अनुभव प्रदान गर्न प्रतिबद्ध छौं।’
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ मोटरसाइकल केवल सवारी साधन नभइ एक भरपर्दो ब्राण्ड र विश्वासको प्रतीक भएको बताए ।
उनले भने ‘धनगढीको मोटरसाइकलप्रेमी समुदायसँगको हाम्रो सम्बन्ध अझ मजबुत बनाउन पाउँदा हामी उत्साहित छौं।’
धनगढीमा रहेको यो नयाँ शोरूममा प्रशिक्षित जनशक्ति तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराइएको जनाइएको छ । कम्पनीले आफ्नो आउटलेटलाई बिक्री,सेवा र स्पेयर पार्ट्स सहितको सुविधा सहित तयार गरेको जनाएको छ।
यस शोरूममार्फत धनगढी तथा वरपरका ट्रायम्फप्रेमीहरूलाई उच्चस्तरीय मोटरसाइकल, भरपर्दो सेवा र ओरिजिनल पार्ट्स सहज रूपमा उपलब्ध गराइनेछ ।
उद्घाटन कार्यक्रममा स्थानीय,मोटरसाइकलप्रेमी, र बाइकर समुदायहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।














