धनगढी । कञ्चनपुरको बेदकोट नगरपालिका-३ दैजीस्थित नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने बृख ओखेडाका छोरा ८ वर्षीय साहिल ओखेडा रहेको प्रहरीले जनाएको छ ।
साहिललाई आफन्तले नहरमा डुबेको अवस्थामा फेला पारी उपचारको लागि महाकाली प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा शनिबार बेलुकी मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।














