अत्तरिया । कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरियाबाट एक युवक सम्पर्कविहीन भएपछि उनका परिवारजनले खोजीका लागि सहयोग गरिदिन सबैमा आग्रह गरेका छन्।
डडेल्धुराको आलिताल गाउँपालिका–१, गोगनपानी स्थायी ठेगाना भएका २४ वर्षीय अनिश बम (अर्जुन) यही २०८३ साल भदौ १५ गते साँझ करिब ६ः३० बजेपछि अत्तरिया क्षेत्रबाट सम्पर्कविहीन भएको उनका बुबा मानबहादुर बमले जानकारी दिएका हुन् ।
उनको खोजी गरे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको उनका बुबाले जानकारी दिए ।
अनिशको गहुँगोरो वर्ण, छोटो कपाल रहेको र उनी सम्पर्कविहीन हुँदा खैरो ज्याकेट, नीलो टी–सर्ट, कालो ट्राउजर लगाएको र साथमा खैरो रङको लेदरको झोला रहेको उनका बुबाले जानकारी दिए ।
अचानक सम्पर्कविहीन भएपछि घरमा रहेका आमा–बुबा तथा आफन्तहरू निकै चिन्तित बनेका छन्। परिवारले सम्भावित सबै स्थानमा खोजी गरिरहेको भए पनि अहिलेसम्म उनको अवस्थाबारे कुनै जानकारी नआएकाले सार्वजनिक रूपमा खोजीमा सहयोग गरिदिन अपील गरेका हुन ।
साथै खोजिकार्यका लागि परिवारका सदस्यहरुले जिल्ला प्रहरी कार्यलय कैलालीमा समेत निवेदन दिएको छ ।
परिवारले अनिशलाई कतै देख्नुहुने, भेट्नुहुने वा उनको अवस्थाबारे कुनै जानकारी पाउनुहुने महानुभावहरूले नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ । साथै, परिवारका सदस्यलाई समेत तत्काल सम्पर्क गरिदिन आग्रह गरिएको छ । सम्पर्कका लागि उनका भिनाजु प्रेम ऐर ९८५१३५६९१२ / ९८५८७७५१३१ र बुबा मानबहादुर बम ९८४७५१४५७७ मा नम्बरमा सम्पर्क गरिदिनहुन अनुरोध गरेका छन ।














