धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
आइतबार जिल्लाको भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.७५ हजार ६०० बराबरको चिनी, प्याज, बिडी, सुर्ती,सरप,आलु,प्लाष्टिक झिल्ली लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
उक्त सामान ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।














