• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र

  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित

कैलाली । कैलारी गाउँपालिका–३ दक्षिण भर्रीका दिपेन्द्र चौधरी अहिले हाँसपालन व्यवसायमा व्यस्त छन्।

बिहानै हाँसको खोरमा पुगेर दाना खुवाउने र दिनभर व्यवसायको व्यवस्थापनमा लाग्ने उनको दैनिकी बनेको छ।
चौधरीले हाल खाकी जातका ८३ वटा हाँस पालेका छन्। हाँसले अण्डा दिन थालेपछि उनको आम्दानी पनि बढ्दै गएको छ।

अहिले अण्डा बिक्रीबाट मात्रै मासिक करिब २५ हजार रुपैयाँ आम्दानी हुने गरेको उनी बताउँछन्।

एउटा क्यारेट अण्डा ६ सय रुपैयाँमा बिक्री गर्दै आएको उनको भनाइ छ।
तर हाँसपालन व्यवसाय सुरु गर्नुअघि चौधरीले कुखुरापालनमा घाटा व्यहोरेका थिए। गत वर्षको पुसमा ब्रोइलर कुखुरा पालन सुरु गरेका उनले रोग तथा व्यवस्थापनको जोखिमका कारण अपेक्षित सफलता पाउन सकेनन्।
“कुखुरापालनमा मेहनत पनि धेरै लाग्ने र रोग लाग्दा थाहा पाउन गाह्रो हुने रहेछ। जोखिम देखेपछि हाँसपालन सुरु गर्ने सोच बनाएँ,” चौधरीले भने।
हाल हाँसपालनबाट राम्रो आम्दानी हुन थालेपछि उनी उत्साहित छन्।

स्थानीय बजारबाट ग्राहकहरू अण्डा किन्न उनको खोरमै पुग्ने गरेका छन्। स्थानीय बजारमा हाँसको मासुको माग कम भए पनि अण्डाको माग राम्रो रहेको उनले बताए।

आगामी दिनमा व्यवसाय विस्तार गर्दै काठमाडौंलगायत अन्य जिल्लामा समेत हाँस तथा अण्डा पठाउने उनको योजना छ।
चौधरीका अनुसार हाँसबाट वर्षभरि नै कारोबार गर्न सकिन्छ।

हाँसले अण्डा दिन छाडेपछि मासुका लागि बिक्री गर्ने गरिएको छ। हाल जिउँदो हाँस प्रतिकिलो करिब ५ सय ५० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए।
“अहिले सुरुवाती चरण हो, विस्तारै राम्रो हुँदै गएको छ। सोचेजति लगानी गर्न सकेको छैन।

आगामी दिनमा लगानी थपेर व्यवसाय विस्तार गर्ने योजना छ,” उनले भने।
एक समय घरखर्च चलाउनसमेत समस्या हुने गरेको बताउने चौधरी अहिले आफ्नै व्यवसायबाट घरखर्च धान्न सक्ने अवस्थामा पुगेका छन्।

सानो लगानीबाट सुरु गरेको व्यवसायले आर्थिक अवस्था सुधार हुँदै गएको उनको अनुभव छ।
उनको बुझाइमा व्यवसाय ठूलो हुनका लागि सुरुमै ठूलो लगानी आवश्यक हुँदैन। मेहनत, निरन्तरता र बजारको माग बुझेर काम गर्न सके सानो व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ।
“विदेश जानैपर्छ भन्ने छैन। विदेशमा जति मेहनत गर्न सकिन्छ, त्यति नै मेहनत नेपालमै गर्न सके राम्रो कमाइ गर्न सकिन्छ,” चौधरीले भने।
कुखुरापालनमा भएको घाटापछि जोखिम कम हुने विकल्प खोज्दै हाँसपालनमा लागेका चौधरी अहिले आफ्नै गाउँमा बसेर आत्मनिर्भर बन्ने प्रयासमा छन्।

आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना व्यक्त 
नहरमा डुबेर बालकको मृत्यु

समाचार

सबै

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.