धनगढी- कैलालीमा अवैध लागूऔषध सहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–४ की २१ वर्षीया आरती धामी रहेको प्रहरीले जनाएको छ ।
निज धामीलाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ सय १० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको तथा थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।















