काठमाडौं । खोटाङ, साकेला गाउँपालिका १ बाँझेस्थित सडकमा प्रदेश २ं–०१–००१ त २०१५ नम्बरको ट्याक्टर मंगलबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–१ बस्ने २१ वर्षीय जिवन देउजाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अर्का १ जनालाई उपचारको लागि घोपा अस्पताल धरान रेफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, गौरादह नगरपालिका–१ सितापुरी चोकस्थित सडकमा बा ७० प १८१ नम्बरको मोटरसाइकल र मे ६ प ५८१ नम्बरको मोटरसाइकल मंगलबार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ बा ७० प १८१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका–५ बस्ने २४ वर्षीय सन्जोक भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मे ६ प ५८१ नम्बरको मोटरसाइकल चालकलाई निम्स अस्पताल दमक हुँदै थप उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड रेफर गरिएको छ ।
काठमाडौं महानगरपालिका ४ शंखपार्कस्थित सडकमा बा प्र ०२–००६ प ८३०६ नम्बरको मोटरसाइकल, बाप्र०२–०३४ प ३९७२ नम्बरको मोटरसाइकल र बा ६३ प ८६०१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुदाँ बाप्र०२–००६ प ८३०६ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरत गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनाको चिरायू अस्पताल वसुन्धारामा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, भिमदत्त नगरपालिका ४ हाइवे सिचाइ कार्यालयस्थित सडकमा यूके ०३ ए ९०३४ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भारत चम्फावत मिनाबजारबस्ती बनबासा बस्ने ३० वर्षीय चाँद पुरैसिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका ४ चाँदनीस्थित सडकमा यूके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका करिब ३५ पुरुष व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा गम्भीर घाइते भएका अर्का १ जनालाई सोही अस्पताल हुँदै महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा थप उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको छ ।













