कैलाली- धनगढी १७ र गोदावरी ९ धनचौरी जोड्ने झोलुङ्गेपुल जोखिममा परेको छ ।
खुटिया नदिमा आएको बाढीका कारण सो पुल जोखिममा परेको हो । बिचको पिल्लर नदि भन्दा ५० मिटर टाढा थियो पछिल्लो समय नदि कटानका कारण पिल्लर नदिले घेरी सकेको धनगढी उपमहानगरपालिका १७ का वडा अध्यक्ष माधब रानाले निशाना न्युजलाई जानकारी दिए ।
समयमै नदी तटबन्धनका लागी पहल भएन भने पुल जोखिम मात्र होईन भत्कन पनि सक्ने उनले वताए ।

कटानका कारण पिल्लर घिस्र्री सकेको छ पुलमा जोखिम धेरै भएको अध्यक्ष रानाले वताए । तटबन्धनका लागी प्रदेश सरकार र संघीय सरकार संग आग्रह गरेको उनले बताए ।
हुन्छ भनेको छ छिट्टै जन्ताको तटवन्धन कार्यालयले काम थालनी गर्ने बिश्वास आफुले लिएको वताए ।
वडा र उपमहानगरपालिका संग तटवन्धनका लागी ठुलो रकम हुदैन उनले भने हामीले प्रदेश र संघलाइ आग्रह गर्ने हो ।













