• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ८. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

कैलालीका किसानले भित्र्याउन पाएनन् चैतेधान

  •   मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित

भजनी- कैलालीको भजनी नगरपालिका–८ का ओम पाण्डेले यस वर्ष एक बिघा क्षेत्रफलमा चैतधान लगाएका थिए । विगत वर्षमा राम्रो उत्पादन दिएपछि उनले ६ कट्ठामा लगाउँदै आएको चैतेधानको खेती विस्तार गरेका थिए ।

धानखेती विस्तार गरेका पाण्डेले यस वर्ष बाढीका कारण धान भित्र्याउन पाएनन् । गत १९ असारमा पथरैया नदीमा आएको बाढीले दुई हप्तासम्म धान डुबानमा परेपछि सबै नष्ट भएको उनले गुनासो गरे । ‘उत्पादन राम्रो हुने, बर्खामा खेती नहुने भएपछि डुबान हुने सबै क्षेत्रमा चैतेधान लगाएको थिएँ’, पाण्डेले भने, ‘पाँच–छ कट्ठाको भित्र्याउन सके पनि बाँकी सबै डुबानले सखाप बनायो ।’

सोही ठाउँका लालप्रसाद न्यौपानेले पनि चैतेधान भित्र्याउन पाएनन् । १९ असारको डुबानले १६ कट्ठामा लगाएको सबै धान नष्ट भएपछि भएको खर्चको जोहो गर्न मुस्किल हुने उनको भनाइ छ ।

‘यस वर्ष धान राम्रो थियो । उत्पादन राम्रो हुन्छ भन्ने आशा जागेको थियो’, न्यौपानेले भने, ‘धान राम्रो भएको डुबानमा पर्नलाई रहेछ । अहिले धान रोप्ने बेला लागेको खर्च व्यवस्थापन गर्न गाह्रो भएको छ ।’ उनका अनुसार ढिलोगरी रोपाइँ गरेका अधिकांश किसानले धान भित्र्याउन पाएनन् ।

यस वर्ष किसानले ढिलोगरी धान रोप्नु र छिटो बाढी आउनुले पनि अधिकांश किसानको धान डुबानले नष्ट भयो । धान काट्ने साधन समयमा नपाउँदा भित्र्याउन तयार भएको एक बिघा क्षेत्रफलको धान नष्ट भएको भजनी–३ का नेत्र देउवा बताउँछन् ।

डुबानले करिब ५० क्विन्टल धान खेतमै पुरिएको दुखेसो उनको छ । ‘समयमा धान काट्ने साधन पाइएन, हातले काट्दा १० कट्ठाको धानमात्रै भित्र्याउन सकियो’, उनले भने, ‘अरूको साधनको भर परेर खेती लगाउनु पनि दुःख हुँदोरहेछ ।’ देउवाका अनुसार १० कट्ठामा २९ क्विन्टल धान उत्पादन भएको छ ।

उत्पादन भएको धान बिक्रीका लागि बजार अभाव रहेको किसान बताउँछन् । बजार मूल्य किसानको छैन । व्यापारीले भनेअनुसार किसानले धान बेच्नुपर्ने बाध्यता छ । ‘सुरुमा ३ हजार ६ सय प्रतिक्विन्टल बिक्री गरेको धान केही समयपछि ३ हजारमा बिक्री गर्नुपर्‍यो’, किसान चन्द्रबहादुर चौधरीले भने, ‘किसानले सुरुको मूल्य अन्तिमसम्म पाउन सकेको भए राम्रो हुन्थ्यो । सरकारले धानको समर्थन मूल्य तोक्दा चैतेधानलाई पनि ध्यानमा राखेर मूल्य तोक्नुपर्छ ।’ उनले धानको समर्थन मूल्यसँगै खाद्य संस्थानले धान खरिद गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

भजनी नगरपालिकाका अनुसार ३० हेक्टर क्षेत्रफलमा लगाएको चैतेधान बाढी र डुबानले नष्ट गरेको छ । यतिबेला भजनीका अधिकांश कृषियोग्य फाँट बाँझो छन् । बर्खामा हुने बाढी र डुबानका कारण किसानले प्रायः खेती गर्दैनन् ।

‘ढिलो वर्षा सुरु भएको वर्ष किसानले प्रायः धानखेती गर्नुहुन्थ्यो । मनसुन छिटो सक्रिय भएपछि अधिकांश जमिन बाँझो रहन्छ’, सुन्दर चौधरीले भने, ‘जमिन बाँझो हुँदा किसानलाई ठूलो नोक्सानी हुने गरेको छ । बाढी र डुबानको विकल्प किसानसँग भए उत्पादनमा ठूलो राहत हुन्थ्यो ।’

बढी डुबान नभएको वर्ष किसानले दुई–तीनपटक चैतेधानको उत्पादन लिने गरेका छन् । असारमा भित्र्याएको चैतेधान डुबानमा नपरे भदौमा पुनः उत्पादन दिन्छ ।

‘मैले तीनपटकसम्म एकैपटक रोपेको धान भित्र्याएको छु । आम्दानीका हिसाबले कम उत्पादन एक बिघामा दोस्रोपटक २० क्विन्टल जति उत्पादन लिएको थिएँ’, आन्तु चौधरीले भने, ‘यस वर्ष एकपटक पनि उत्पादित धान भित्र्याउन सकिएन ।’ भजनी क्षेत्रमा यस वर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ भएको थियो । रासस

  • चैतेधान
मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
भन्सार छलीका सामानसहित एक जना पक्राउ
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

समाचार

सबै

नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

भन्सार छलीका सामानसहित एक जना पक्राउ

नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

भन्सार छलीका सामानसहित एक जना पक्राउ

विशेष

सबै
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.