धनगढी ।कैलालीमा बैंकिङ कसुर मुद्दाका फरार एक ब्यक्ति लाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली लम्की चुहा नगरपालिका १ बस्ने बर्ष २० को अमर गौतम रहेका छन ।
कैलाली जिल्ला अदालतले बैंकिङ् कसुर मुद्दामा रु।३,०००००। जरिवाना तोकी फरार रहेका गौतम लाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटि गएको प्रहरी टोलीले नगरपालिका १ लम्की बजारमा हिड्डुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि कैलाली जिल्ला अदालत पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गंगादत्त बडुले निशाना न्युजलाई जानकारी दिए ।













