दार्चुला । एक दिन(एक टोल(घरदैलो कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय दार्चुला मातहतका प्रहरी ईकाइहरुले जनचेतनाका कार्यक्रम गरेको छ ।
आज प्रहरी टोलीले आफनो वडा एरियाहरुमा गइ आगलागी , बाढीपहिरो रोकथाम, घरेलुरलैङ्गिक हिंसा, जातिय छुँवाछुत भेदभाव सम्वन्धीका जनचेतनाका कार्यक्रम गरिेको प्रहरीले जनाएको छ ।
साथै साईवर अपराध, दाईजोप्रथा लागु औषध, सार्वजनिक शान्ति बिरुद्धको अपराध, मानव वेचविखन, आत्महत्या रोकथाम, ट्राफिक सचेतना, बाल बिबाह, बहु बिबाह, ज।ज।क, यार्चा गुम्बार चोरीरडकैतीरलुटपाट, कुटपिट अङ्गभङ्ग तथा गाली वेइजती,जुवातास, अवैध हातहतियार, घरेलु मदिरा, होटेल लज रेष्टुरेन्ट चेकजाँच सम्बन्धी चेतनाका कार्यक्रम पनि गरिएको जनाएको छ ।













