• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ८ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

अभिलेख नहुँदा नागरिकताबाट वञ्चित

  •   शनिबार, साउन १२, २०८१ मा प्रकाशित

भजनी- कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त भए । उनले सेवानिवृत्त भएपछि राज्यबाट पाउने निवृत्तिभरण पाइरहेका छन् । चालू आर्थिक वर्षबाट निवृत्तिभरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि उनको पुरानो नागरिकताले काम नगर्दा नयाँ बनाउनुपर्ने भयो ।

विसं २०३४ मा जिल्ला प्रशासन कार्यालय अछामबाट जारी भएको नागरिकताको प्रतिलिपि उनले लिन पाएनन् । सशस्त्र द्वन्द्वका समयमा अछाम जिल्ला प्रशासन कार्यालयमा भएका सबै विवरण नष्ट भएका कारण तिमिल्सिनाको पुरानो अभिलेख भेटिएन । पुरानो अभिलेख नभेटेपछि उनले नयाँ नागरिकता बनाउनुको विकल्प रहेन ।

“नागरिकता पुरानो भए पनि सबै कुरा प्रष्ट देखिन्छ । त्यो नागरिकताले राष्ट्रिय परिचयपत्र बन्दैन”, उनी भन्छन्, “प्रतिलिपिका लागि पुरानो अभिलेख छैन । नयाँ बनाउँदा आजसम्म पेस भएका निकायमा नयाँ नागरिकता लिएर विवरण सच्याउँदै जानुपर्ने हो कि भन्ने चिन्ता छ ।”

यो समस्या तिमिल्सिनाको मात्रै होइन । सशस्त्र द्वन्द्वका समयमा जिल्ला प्रशासन कार्यालय अछाममा अभिलेखका लागि राखिएका सबै कागजात नष्ट भएका कारण कैयौँलाई समस्या भएको छ । जिल्ला प्रशासन कार्यालय अछाममा २०५८ साल अगाडिको कुनै अभिलेख छैन । विसं २०५८ अगाडि नेपाली नागरिकता लिएकाले अहिले प्रतिलिपि नलिएर नयाँ नागरिकता लिनुपर्ने भएको छ । नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचयपत्रका लागि नयाँ नागरिकता बनाउनुपर्ने बाध्यताले कैयौँले दुःख पाएका छन् ।

टीकापुरकै पार्वती उपाध्याय उमेरले ९० पुगिन् । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएपछि नयाँ नागरिकता लिनुपर्ने बाध्यता उनलाई आइलागेको छ । “पुरानो नागरिकता हुँदाहुँदै नयाँ बनाउन प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता छ”, उनी भन्छिन्, “पुरानो आधार नभएकाका लागि नयाँ नागरिकता आवश्यक भए पनि भएकाको त्यसैबाट काम हुँदा मजस्ता कैयौँले दुःख पाउने थिएनन ।”

सरकारले मातहतका कार्यालयमा अभिलेख नभए पनि बुझिने विवरण भएका नागरिकलाई टिप्पणीका आधारमा नागरिकताको प्रतिलिपि उपलब्ध गराए सहज हुने सेवाग्राहीको बुझाइ छ । त्यसमा पनि अरुको सहारामा हिँड्नुपर्ने ज्येष्ठ नागरिक झन अप्ठ्यारोमा परेका छन् । घरमा अभिभावक नभएका ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी समस्या हुन थालेको छ । नयाँ नागरिकताका लागि साक्षी व्यक्ति नै सेवाग्राहीले पाउन सकेका छैनन् ।

वडा कार्यालयदेखि इलाका प्रशासन कार्यालयसम्म धाउनुपर्दा

दुःख पाएको लम्कीचुहा नगरपालिका–७ का पदम बोहरा बताउँछन् । “राष्ट्रिय परिचयपत्रका कारण बुढेसकालमा दुःख पाइयो । कहिले प्रशासन कहिले वडा कार्यालय धाउँदाधाउँदा हैरान छु”, उनले भने । नागरिकताको सिफारिसका लागि साक्षी बस्ने व्यक्ति पाउन नै मुस्किल हुने गरेको उनले बताए ।

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख भुमिश्वर पोख्रेलले पुरानो अभिलेख नभएर नयाँ नागरिकता बनाउने सेवाग्राहीले दुःख पाएको बताए। उनका अनुसार विभागले पुरानो अभिलेखका आधारमा मात्रै नागरिकताको प्रतिलिपि लिन सकिने, अन्यथा नयाँ प्रक्रियाबाट गएर नयाँ नागरिकता लिनुपर्ने व्यवस्थाले सेवाग्राहीलाई समस्या भएको हो । विभागबाट जस्तो परिपत्र भएको छ त्यसैअनुसार सेवाग्राहीको काम गर्ने हो । परिपत्र भएअनुसार नयाँ प्रक्रियामा जानुपर्नेलाई त्यसैअनुसार गर्न भनेका छौँ भने प्रतिलिपिको हकमा पनि त्यहीँ हो । उनले भने, “सरकारी निकायमा अभिलेख नभएर व्यक्तिले पाएको प्रमाणपत्रका आधारमा पुरानो नागरिकताका आधारमा प्रतिलिपि दिन सकेको भए धेरै सेवाग्राहीलाई सहज हुने थियो ।”रासस

  • नागरिकताबाट वञ्चित
शनिबार, साउन १२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
भन्सार छलीका सामानसहित एक जना पक्राउ
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया

नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया

नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

विशेष

सबै
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ८ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.