धनगढी- कैलालीबाट वन पैदवार ओसारपसार मुद्दाका फरार दोषी पक्राउ परेका छन्।
बिना ईजाजत राष्ट्रिय वन पैदवार ओसारपसार मुद्दामा १८ दिन कैद सजाय तोकिई फरार रहेका गौरीगंगा नगरपालिका–७ कम्दाका ६९ वर्षीय नरबहादुर बम आईतवार पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बमलाई इलाका प्रहरी कार्यालय मसुरियाले पक्राउ गरेको जनाएको छ।













