धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा घोषणा गरेका छन् । शुक्रबार मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकबाट विश्वासको मत नलिइ मार्ग प्रसस्त गरेको घोषणा गरेका हुन् ।
प्रदेशसभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्न मुख्यमन्त्रीलाई आह्वान गरेका थिए । मुख्यमन्त्री सोडारीले प्रदेश सभामा सम्बोधन गर्दै आफूले विश्वासको मत नपाउने अवस्था देखिएको भन्दै अर्को सरकार गठनका लागि मार्ग प्रसस्त गरेको घोषणा गरे ।
गत असार २० गते सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।













