काठमाडौं ।सुर्खेत, गुर्भाकोट नगरपालिका १४ खैरेनी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने मिन बहादुर गुरुङको छोरा १० वर्षीय अविनाश गुरूङको मंगलबार दिउँसो मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका ५ श्रीखण्डपुरस्थित ढलको मकलमा छिरेर बगाउँदा रामेछाप खाँडादेवी गाउँपालिका ३ घर भइ पनौती नगरपालिका ५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदासको मंगलबार बिहान मृत्यु भएको छ ।
ढलको मकलमा छिरी बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पनौती, अस्थायी मनसुनजन्य विपद व्यवस्थापन अस्थायी सुरक्षा वेश पनौतीबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा सोही ठाउँस्थित खेतमा उनको शव फेला परेको हो ।
कञ्चनपुर, शुक्लाफाटा नगरपालिका १२ दुवाहा बस्ने ५२ वर्षीय करन सिंह महराको सोही नगरपालिका १२ कालागौडीस्थित पानी जम्मा भएको कल्भर्टमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
खोटाङ, ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरी बतासे बस्ने ७३ वर्षीया पदम कुमारी घिमिरेको सोही ठाउँस्थित मखुखोलाले बगाएर मृत्यु भएको छ । सोमबार साँझ खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा मंगलबार बिहान शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













