• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १३ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

बीउ उत्पादन विस्तार गर्दै सहकारी

  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित

टीकापुर- कैलालीको जानकी–४ मुनुवास्थित बीजवृद्धि कृषक सहकारी संस्थाले बीउ उत्पादन विस्तार गर्दै गएको छ । सहकारीसँग अहिले सयौँ किसान बीउ उत्पादनका लागि आबद्ध छन् । सहकारीका आफ्नै शेयर सदस्य किसान एक सय पाँच छन् ।

विगतमा सहकारीका शेयर सदस्य ६५ थिए । यसरी सहकारीमा आबद्ध किसानलाई आफ्नो उत्पादन बिक्री गर्न समस्या छैन । बीउ उत्पादनका लागि मेहनत गर्नुपरे पनि आम्दानी बढ्नाका साथै मूल्य पाउने भएपछि त्यस क्षेत्रका किसान बीउ उत्पादनमा जोडिन थालेको स्थानीयको भनाइ छ ।

सहकारीका व्यवस्थापक गोविन्दराज रावतका अनुसार सहकारीले धान, गहुँ, मकै, मसुरो र तोरीको बीउ उत्पादन गर्ने गरेको छ । सहकारीसँग यस वर्ष तीन हजार क्विन्टल गहुँ, ६० क्विन्टल तोरी, ३० क्विन्टल मकै भण्डारण छ । सहकारीले तीन हजार क्विन्टल धानको बीउ बिक्री गरेको थियो ।

सुरुमा पोका ल्याएर बीउ उत्पादन र बिक्री सुरु गरेको सहकारी बीउ उत्पादनमा नमूना सहकारीका रुपमा स्थापित भएको छ । सहकारीले गत वर्ष दुई हजार पाँच सय क्विन्टल धान, ३० क्विन्टल तोरी, १० क्विन्टल मकै र तीन हजार क्विन्टल गहुँको बीउ बिक्री गरेको थियो ।

सहकारीले बीउ उत्पादनका लागि क्षेत्र विस्तार गरेको छ । स्थापनाकालमा जानकी–४ र ७ का किसान मात्र आबद्ध थिए । उनीहरुले उत्पादन गरेको बीउ देशका विभिन्न स्थानमा बिक्री हुन थालेपछि सहकारीले शेयर सदस्य मात्र नभई अन्य पालिकाका किसानलाई समेत बीउ उत्पादनमा समेटेको छ । जोशीपुर, भजनी, बर्दगोरिया गाउँपालिकाका किसानलाई समेत बीउ उपलब्ध गराउने र बीउ खरिद गर्ने गरेको छ ।

सहकारीले सबैको बीउ बराबरी मूल्यमा खरिद गर्ने गरेको छ । व्यवस्थापक रावतले सहकारीले बजार दर वा सरकारले तोकेको मूल्यभन्दा प्रतिक्विन्टल तीन सय बढीमा खरिद गर्ने गरेको बताए । “सहकारीले बीउ बिक्री गर्दा पनि न्यूनतम मूल्यमा उपलब्ध गराउने गरेको छ”, व्यवस्थापक रावतले भन्नुभयो, “सहकारीले आफूले उत्पादन गरेको बाहेक प्रजनन बीउ धनुषा, भैरहवा र सर्लाहीबाट ल्याउने र किसानलाई वितरण समेत गर्ने गरेको छ ।”

सहकारीमार्फत बीजवृद्धिमा लागेका किसान धान र गहुँखेतीमा बढी आकर्षित छन् । विसं २०६२ मा स्थापना भएको सहकारीमा आठजना कर्मचारी छन् । यहाँ उत्पादन भएको बीउ सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, पहाडी जिल्ला, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका जिल्लामा समेत जाने गरेको छ ।

सहकारीसँग पाँच भण्डारण घर छन् । दुई सय र एक सय आठ मेट्रिक टन क्षमता भएका एक/एकवटा, ५० मेट्रिक टन क्षमता भएको दुईवटा गरी चारवटा बीउ भण्डारण घर छन्भने एउटा ५० मेट्रिक टनको मल राख्ने गोदामघर छ । बीउ प्रशोधन गर्ने दुईवटा ग्रेडिङ मेसिनसमेत छन् । प्रतिघण्टा तीन मेट्रिक टन क्षमताको एक र अर्को एक मेट्रिक टन क्षमताको मेसिनबाट बीउ प्रशोधन गर्ने गरिएको छ ।

विगतमा उत्पादनको उचित मूल्य पाउन समस्या भएका किसान सहकारीले थप मूल्य दिन थालेपछि खुसी भएका छन् । किसान कमल कठरियाले उत्पादनको बजार खोज्न नपर्ने र उचित मूल्य पाइने गरेको बताए । “सरकारी निकायले पनि प्रविधिमा सहकारीलाई सघाएको छ”, कठरियाले भने, “सहकारीमा थप किसान समेट्न आवश्यक छ ।” २०५१ सालमा २५ जना किसानले बाली विकास समूह गठन गरी कृषि कार्यको सुरुआत गरेका हुन् ।

२०५३ सालमा अर्को एउटा सघनबाली विकास समूह गठन भयो । यी दुई समूह एकीकृत भएर २०६२ सालमा बीजवृद्धि कृषक सहकारीका रुपमा काम थालेको हो । सहकारीले बीउ उत्पादन भने २०५७ सालबाटै सुरु गरेको थियो । एक सय पाँचजना शेयर सदस्य रहेको सहकारीमा ३२ महिला र ७३ पुरुष किसान छन् । सहकारीमा एक सय ५० जना बीउ उत्पादक किसान आबद्ध छन् । सहकारीले बीजवृद्धिसँगै बचत सङ्कलनसमेत गर्ने गरेको छ । १९ लाख ९८ हजार पाँच सय शेयर पुँजी रहेको सहकारीको बचत सङ्कलन १२ लाख २९ हजार नौ सय ५० रहेको छ ।

सहकारीका अध्यक्ष रामफल बडायकले स्थानीय स्तरमा बालीहरुको गुणस्तरीय बीउ उत्पादन गर्ने, उन्नत बीउको माध्यमबाट बालीहरुको उत्पादकत्व बढाउने उद्देश्यअनुरुप सहकारीले काम गरिरहेको बताए । “बीउ प्रशोधन, प्रमाणीकरण, भण्डारण तथा बजारीकरण गरिरहेका छौँ”, उनी भन्छन्, “जसले सदस्यहरुको आर्थिक एवं सामाजिक स्तर उठाउन सहयोग गरेको छ । गुणस्तरीय बीउ उत्पादनमार्फत खाद्य सुरक्षामा वृद्धि गरिरहेको र आपत्मा परेको बेला सहकारी सदस्यहरुलाई आर्थिक सहयोग गर्ने गरिएको छ ।”

सहकारीले बीजवृद्धिमा धान, गहुँ, मकै, मसुरो, तोरी, भिण्डी र आलुको बीउ उत्पादन गर्ने गरेको छ । यसका साथै बचत सङ्कलन, बीउ उत्पादक कृषकहरुलाई ऋण प्रदान, रासायनिक मल बिक्री वितरण र विभिन्न बालीको बीउ उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । रासस

  • बीउ उत्पादन
बुधबार, साउन २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी
तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन
कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

समाचार

सबै

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया

विशेष

सबै
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १३ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.