डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुदा एक जनाको मृत्यु हुनाको साथै ७ जना घाईते भएका छन । विहिवार साँझ डडेल्धुरा, अमरगढी ५ बागबजार पिपलबोट नजिक सु।प।प्र।०४९००१ च ०१३४ नम्बरको जिप एक्कासी अनियन्त्रीत भई नालामा पल्टिएको र जीपमा सवार गन्यापधुरा ३ गौली गाउँ बस्ने बर्ष ४५ को कृष्ण भुल गम्भिर घाईते भई उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको, प्रहरीले जनाएको छ ।
साथै उक्त जीपमा सवार ७ जना घाईतेहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाईएको जनाएको छ । गन्यापधुरा ३ गौली गाउँ बस्ने बर्ष ५० की झिमा देबी सार्कीलाई थप उपचारको लागी धनगढी, कैलाली रिफर गरिएको , प्रहरीले वताएको छ ।













