बाजुरा । घरको भर्याङबाट लडी एक जनाको मृत्यु भएको छ ।
बिहिबार साझ बाजुराको बुढीनन्दा ७ खड्कावाडा बस्ने बर्ष ४५ को रण बहादुर खड्का आफ्नै घरको भर्याङबाट लडी मृत्यु भएको हो ।
माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्याङबाट लडी टाउकोमा चोट लागी घटनास्थलमै उनको मृत्यु भएको, प्रहरीले जनाएको छ ।













