धनगढी- कैलालीमा चट्याङ लागेर १० जना घाइते भएका छन् । आइतबार जिल्लाको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा चट्याङमा परेर १० जना महिला घाइते भएका हुन् ।
सोही ठाउँका भीमबहादुर चौधरीको घरमा मृत्यु भएका व्यक्तिको १३ दिनको पुण्यतीथिमा उपस्थित भएका स्थानीय घर अगाडि रूखमुनि टेन्ट हालेर खाना पकाउने क्रममा रुखमा चट्याङ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चट्याङमा परेर सोही उत्तरमुडाका ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी,४५ वर्षीय कमलापती चौधरी,३२ वर्षीया किरन चौधरी, ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फुलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरकी ३० वर्षीया ममता थारु घाइते भएको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।
घाइतेहरु बर्दगोरिया अस्पताल प्रालि बौनियामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।















