काठमाडौं । महोत्तरी, भंगहा नगरपालिका ६ हतिसर्वा बस्ने ६० वर्षीय पवित्तर सदाको सोही ठाउँस्थित कुलोमा नुहाउने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
झापा, भद्रपुर नगरपालिका९१ स्थित देवी खोलामा डुबेर सोही ठाउँ बस्ने महेश रसाईलीको छोरा ९ वर्षीय सौरभ रसाईलीको आइतबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उदयपुर, चौदण्डीगढी नगरपालिका९९ भिमा बस्ने ७० वर्षीय निर बहादुर राईको सोही ठाउँस्थित भडोरी खहरे खोलामा डुबेर आइतबार राति मृत्यु भएको छ । खोला तर्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













