धनगढी । कैलाली र डडेल्धुरावाट फरार लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलाली र जिल्ला प्रशासन कार्यालय डडेल्धुराले विभिन्न मितिको फेसलाले दोषी ठहर गरेका फरार लाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना १९ दिन कैद सजाय र रू। ११,५००। जरिवाना तोकिएको कैलाली, धनगढी ५ बस्ने २६ को हृदय शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घर ठेगाना बाट पक्राउ गरेको थियो ।
त्यस्ते जिल्ला प्रशासन कार्यालय डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई सोमवार साँझ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ हुनेमा अभद्र ब्यवहार मुद्दामा ३ दिन कैद सजाय र रु। १०,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी ५ बस्ने बर्ष ४२ को तिर्थ भण्डारी । जुवा मुद्दामा रु।५,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी २ बस्ने बर्ष ४१ को तेज बहादुर ऐर । जुवा मुद्दामा रु।५,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी १ बस्ने बर्ष बर्ष ३९ को पुर्ण दमाई । जुवा मुद्दामा रु।५,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम १२ बस्ने बर्ष ३५ को नरेन्द्र बहादुर थापा । जुवा मुद्दामा रु।३,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम ४ बस्ने बर्ष ४४ को टेक बहादुर बोहरा । जुवा मुद्दामा रु।५,०००।– जरिवाना तोकिएको जिल्ला दाङ, तुल्सीपुर ७ बस्ने बर्ष ४० को रोमहर्ष भण्डारी रहेको प्रहरीले जनाएको छ ।













