धनगढी–नेपाल कम्युनिष्ट पार्टी(माओवादी) को सुदूरपश्चिमको प्रमुख सचेतकमा गितादेवी माललाई चयन गरेको छ ।
सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलले प्रमुख सचेतकमा माललाई चयन गरेको उपनेता अक्कलबहादुर रावलले बताए । उनका अनुसार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको हो।
प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेको छ। यसअघि माओवादीको प्रमुख सचेतकमा मानबहादुर धामी थिए। उनी संसदीय दलको नेता भएपछि प्रमुख सचेतक पद खाली थियो।













