सुनसरी । धरान उपमहानगरपालिका १५ पानमारी जाने पुलबाट अवैध लागूऔषध गाँजा १ सय किलोग्राम मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीलाई देख्नासाथ श्यामचोकबाट पानमारीतर्फ जाँदै गरेको डब्लुबि ७४ एस २५३१ भारतीय नम्बर प्लेटको कार छोडी चालक जंगलतिर फरार भएपश्चात जाँच गर्दा कारको पछाडीको सिट र डिक्कीमा प्लास्टिकको बोरामा प्याक गरी राखेको उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













