कैलाली । कैलारी गाउँपालिका ५ बैजपुर नजिक हुलाकी सडकमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही गाउँपालिका २ बस्ने ५५ वर्षीया पार्वती चौधरीको बिहीबार राती मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













