धनगढी- कैलालीमा चारजना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भइ फरार रहेका चार जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दामा धनगढी उपमहानगरपालिका–४ का २६ वर्षीय विजयकुमार नेपाली, वडा नं. ३ का २८ वर्षीय प्रज्वल न्यौपाने, चोरी मुद्दामा धनगढी उपमहानगरपालिका–४ का २३ वर्षीय सुविन भन्ने सुरविर डगौरा र २१ वर्षीय राज चौधरी भन्ने राजसिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत कैलालीमा पेस गरिएको जनाइएको छ।















