अछाम । कमलबजार नगरपालिका वडा २ को एक घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५१ हजार ९ सय ७५ रूपैयाँ, मोबाइल ९ थान र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













