धनगढी- कैलालीका विभिन्न स्थानमा भारी वर्षा भएको छ । पछिल्लो ३ घण्टामा जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
जिल्लाका मोहना, कान्द्रा लगायत नदीमा बाढी आएको छ। वर्षाले कुलरिया, कान्द्रा, घुराहा लगायत मोहनाका अन्य सहायक नदीहरूमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम रहेको विभागले जनाएको छ। विभागले नदी क्षेत्र तथा नदीका कारण डुबान हुने भू–भागका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।













