कैलाली । जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेका तिन जना फरार मानिसहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको । पक्राउ पर्नेमा लागू औषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको गोदावरी २ बस्ने बर्ष १९को रियाज मगर ,चेक अनादर मुद्दामा रु१,००० जरिवाना तोकिएकी धनगढी १ बस्ने बर्ष ४८ की सरस्वती खड्का छन ।
त्यस्तै चेक अनादर मुद्दामा रु१,००० जरिवाना तोकिएको गोदावरी १ बस्ने बर्ष ४८ को गंगाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।













